सुदूरपश्चिम विश्वविद्यालय प्रगतिकाे पथमा

सुदूरपश्चिम विश्वविद्यालयको स्थापना वि. सं. २०६७ (९ अगस्त २०१०) मा भएको हो । स्थापनाकालदेखि हाल सम्म यस विश्वविद्यालयले शैक्षिक क्षेत्रमा उल्लेख्य कार्यहरू गर्दै आइरहेको कुरालाई भने नकार्न सकिँदैन । कृषि, वन विज्ञान, ईन्जिनियरिङ्ग, मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान संकायहरू निर्विवाद सञ्चालन भइरहेका छन् ।
राज्यका मध्यम तथा निम्नवर्गीय जनताको शिक्षामा सहज पहुँचले गर्दा म लगायत म जस्तै सबै सबै गदगद छौं । यस्ता कार्यहरूको लागि म स्थापना कालका उपकुलपति प्रा. डा. जयराज अवस्थीज्यू, र रजिस्ट्रार प्रा. डा. हेमराज पन्तज्यूलाई ह्रदयदेखि नै नमन गर्न चाहन्छु ।
विश्वविद्यालयको विजारोपण देखि पाठ्यक्रम निर्माण, विश्वविद्यालयको रुपरेखा तयार गर्नमा निर्विवाद नेतृत्वको धेरै प्रशंसा गरेमा पाठक वर्गको म प्रतिको दृष्टिकोण फरक पनि हुन सक्छ । आज करिब डेढ दशक हुनै लाग्दा वर्तमान उपकुलपति प्रा. डा. अम्मराज जाेशीज्यू र रजिस्ट्रार प्रा. डा. यज्ञराज पाठकज्यूलाई पनि खुलेरै प्रशंसा गर्दा के नै फरक पर्ला र ! वर्तमान नेतृत्वलाई पनि धन्यवाद नदिइ रहन सक्दैन । काम गर्दा राम्रा र नराम्रा दुबै पक्ष सबैका हुन्छन् ।
नराम्रा पक्षहरूलाई गाैण राखेर आज राम्रा पक्षहरूकाे मात्र चर्चा परिचर्चा गर्दा कसाे हाेला ? हुन त मैले कसैकाे प्रशंसा गरेर लाभकाे पद धारण गर्नु छैन र लालायित पनि छ‌ैन । मेराे व्यक्तिगत बुझाई र बिश्लेषणका आधारमा विश्वविद्यालय र विश्वविद्यालय परिवारका नराम्रा सुधार गर्नु पर्ने पक्षहरू यस पछिकाे लेखमा समेटिने छ ।
सुदूरपश्चिम विश्वविद्यालय देशकै त्रिभुवन विश्वविद्यालय पछिकाे दाेस्राे अग्रणी शैक्षिक संस्थाकाे रुपमा रहेकाे कुरालाई कसैले पनि नकार्न सक्दैन । संस्था भित्रका केही व्यक्तिगत स्वार्थी मनसाय लिएका शैक्षिक तथा प्राज्ञिक व्यक्तित्व र समाजका केही सिमित व्यक्तिहरूले विश्वविद्यालय र पदाधिकारीहरूकाे कटु आलाेचना गरे पनि समग्र रुपमा हेर्दा सुदूरपश्चिमका प्राय: सबै जिल्लाका सामुदायिक क्याम्पसहरूलाई क्रमिक रुपमा आंगिक क्याम्पसकाे रुपमा रुपान्तरण गरिनु र आवश्यक प्रक्रियाकाे थालनी गरिनु, प्रजातान्त्रिक पद्वति अनुरुप र बरियता क्रमका आधारमा नेतृत्व हस्तान्तरण गरिनु, विभिन्न समायाेजन भएका क्याम्पसहरूबाट नै पदाधिकारी चयन गरिनु, विश्वविद्यालयमा समय सापेक्ष नयाँ नयाँ प्राविधिक विषयहरूकाे पठनपाठन हुनु आदि कार्यहरू प्रसंशनीय र स्वागतयोग्य छन् ।
हाल समायाेजन भएका सामुदायिक क्याम्पपहरू : १. लम्की बहुमुखी क्याम्पस, लम्की, कैलाली २. घाेडाघाेडी बहुमुखी क्याम्पस सुख्खड, कैलाली ३. भानु बहुमुखी क्याम्पस, दाेधारा चाँदनी, कञ्चनपुर ४. अछाम बहुमुखी क्याम्पस, मंगलसेन, अछाम ५. शंकरपुर क्याम्पस पस्ती, दार्चुला ६. कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी, कञ्चनपुर ७. पुरचाैडी बहुमुखी क्याम्पस हाट बैतडी ८. सुनकुडा नमूना क्याम्पस सुनकुडा, बझाङ ९. बझाङ दीप क्याम्पस झाेता, बझाङ
१०. भिमदत्त बहुमुखी क्याम्पस, डडेल्धुरा । यस्तै विश्वविद्यालयमा दर्शनाचार्य (एम. फिल.) र पिएच. डी. काे पढाइ हुनु हामी सुदूरपश्चिम बासी र विश्वविद्यालयकाे लागि मात्र नभएर देशकै लागि गाैरव तथा हाम्राे शान हाे भन्ने मेराे ठम्याई रहेकाे छ ।
मैले यसरी सामाजिक सञ्जालमा लेख्दै गर्दा आफूले देखेकाे र अनुभव गरेकाे कुरालाई बढाई चढाई नगरि जस्ताकाे त्यस्तै संप्रेषण गर्ने गरेकाे व्यहाेरा समेत पाठकज्यूहरूलाई अनुराेध गरे । यसकाे लागि विश्वविद्यालयका उपकुलपति आदरणीय व्यक्तित्व प्रा. डा. अम्म राज जाेशी, रजिस्ट्रार प्रा. डा. यज्ञ राज पाठकज्यू लगायत सम्पूर्ण विश्वविद्यालय परिवारलाई मेराे व्यक्तिगत तर्फबाट विश्वविद्यालयकाे प्रगतिकाे लागि चाल्नु भएकाे प्रसंशनीय कदमकाे लागि हार्दिक धन्यवाद !!!
कैलाली बहुमुखी क्याम्पसकाे परिदृश्य :
सुदूरपश्चिम प्रदेश सेती अञ्चल कैलाली जिल्ला धनगढी उपमहानगरपालिका अन्तर्गत बजारकाे मुख्य केन्द्र एल.एन. चाेकदेखि करिब १.५ किलाेमिटर पूर्व वडा नम्बर -८ मा अवस्थित देशकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसकाे स्थापना वि. सं. २०३७ सालमा भएकाे हाे । सुरुवातमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि पञ्चाेदय माध्यमिक विद्यालयबाट सामुदायिक क्याम्पसकाे रुपमा व्यवस्थापन (कमर्स) संकायकाे पठन पाठन सुरुभएकाे कैलाली बहुमुखी क्याम्पस केही समयपछि धनगढीकाे वार्ड नम्बर -८ मा भवन निर्माणगरि आफ्नै भवनमा सञ्चालनमा रहेकाे छ ।
वि. सं. २०६३ सालदेखि मेराे पनि कर्मथलाे कैलाली बहुमुखी क्याम्पस नै भएकाेले यस क्याम्पसकाे परिदृश्य चित्रणगर्न पक्कै पनि सजिलाेभएकाे अनुभूति गरेकाे छु । बृहत् क्षेत्रफल ओगटेकाे यस क्याम्पसकाे पर्याप्त भाैतिक पूर्वाधार, दक्ष जनशक्ति तथा ईमानदार विद्यार्थीहरू यस क्याम्पसमा गहना हुन् । हुन त “न जाति छु न राम्राे छु कुन बन्छ र” ! मैले क्याम्पसकाे बारेमा चित्रण गर्दैगर्दा आफ्नाे कर्मथलाेलाई कसले पाे नराम्राे भन्ला र ? भनेर पाठकहरूले मलाई आफ्नाे क्याम्पसकाे बढाई चढाईगरेकाे आराेप लगाउने पाे हुन कि भन्ने संकाेच पनि लागिरहेको छ । तर यसरी बढाई चढाई गरेर लेख्दा लेखकलाई के नै फाईदा हाेला र ? सकेसम्म समाजलाई सत्य तथ्य कुराहरूकाे जानकारी गराउनु नै मानव धर्म तथा मेराे कर्तब्य पनि हाे । १६ बर्षदेखिकाे मेराे अनुभव, जानकारी, यथार्थ वस्तुस्थिति घाम झैं छर्लङ्गपार्ने प्रयास गर्ने छु ।
याे कैलाली बहुमुखी क्याम्पस हाल सुदूरपश्चिम विश्वविद्यालयकाे आंगिक क्याम्पसकाे रुपमा सञ्चालनमा रहेकाे छ । यस क्याम्पसमा स्नातक र स्नातकाेत्तर तह सम्मकाे पढाइ हुने गरेकाे छ । स्नातक तहमा सेमेष्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय, विज्ञान संकायकाे पढाइ हुने गरेकाे छ । स्नातकाेत्तर तहमा पनि सेमेष्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकाय, मानविकी संकाय र व्यवस्थापन संकायकाे पठनपाठन हुने गर्दछ । स्नातक तह शिक्षा शास्त्र संकाय अन्तर्गत अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, गणित शिक्षा, कम्युटर साइन्स सूचना प्रविधि (CSIT), जनसंख्या शिक्षा लगायतका बिषयहरूकाे पढाइ हुन्छ । मानविकी संकायमा बिए. एल. एल. बी. (BALLB), बि.एस.डब्लु. (BSW), ग्रामीण विकास (RD), आम सञ्चार तथा पत्रकारिता, समाजशास्त्र, अंग्रेजी, गणित, अर्थशास्त्र लगायतका बिषयहरूकाे पठनपाठन हुने गर्दछ । व्यवस्थापन संकायमा बिबिएस, बिबिए, बिबिएम आदि बिषयहरू र विज्ञान संकायमा बिएस्सी., सिएस.आइटी. (CSIT) बिषयहरूकाे पठनपाठन हुने गरेकाे छ ।
स्नातकाेत्तर तहमा अंग्रेजी,नेपाली, अर्थशास्त्र, स्वास्थ्य शिक्षा, समाजशास्त्र तथा व्यवस्थापन संकायमा एमबिए, एमबिएस, एमडिएस (MDS) आदि बिषयहरूकाे पढाइ हुने गर्दछ । निकट भविष्यमा वन विज्ञान र ईन्जिनियरिङ्गकाे पनि पढाईहुने प्रक्रिया अगाडि बढेकाे छ । यस क्याम्पसमा दक्ष तालिमप्राप्त दर्शनाचार्य (एम.फिल.), पिएच.डी. गरेका र दर्शनाचार्य (एम.फिल.) र पि.एच.डी. स्कलर प्राध्यापकहरू प्राध्यापनरत छन । समय समयमा विभिन्न अतिरिक्त कृयाकलापहरू आयाेजना गरिन्छन् । यसका अतिरिक्त यस क्याम्पसमा के. एम. सी. एफ. एम. पनि सञ्चालनमा रहेकाे छ ।
देशकै अग्रणी यस शैक्षिक संस्थामा विभिन्न जिल्लाबाट बिद्यार्थीहरू अध्ययनगर्न आउने गर्दछन् । गरीब, जेहेन्दार, अशक्त, अपाङ्ग बिद्यार्थीहरूकाे लागि छात्रवृत्तिकाे व्यवस्था गरिएकाे छ । उपयुक्त खेलमैदान, पर्याप्त भाैतिक पूर्वाधार, समय अनुसारकाे शिक्षा, दक्ष तथा याेग्य प्राध्यापक, पुस्तकालय, समय समयमा आन्तरिक परीक्षाद्वारा विद्यार्थीहरूकाे मूल्याङ्कन, प्राथमिक उपचार कक्ष, उपयुक्त खेलसामग्री, स्वस्थकर चमेनागृह, सुरक्षित पिउने पानी, माेटरसाइकल, साकल तथा गाडी पार्किङ्ग, सुरक्षित साैचालय र सेनेटरी प्याड आदि यस क्यामपसका मुख्य विशेषता हुन ।
क्याम्पसमा रिसर्च म्यानेजमेण्ट सेल (RMC), विभिन्न संकाय अन्तर्गतका बिभागहरू गठन गरिएक्का छन् । क्याम्पसले हालै अनुसन्धानमा प्रथम राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गरेकाे छ । क्याम्पसकाे यस्ता शैक्षिक उन्नयन तथा अनुसन्धानात्मक कृयाकलापहरूमा प्रत्यक्ष र पराेक्ष रुपमा सहयाेग पुर्याउने राजनीतिकर्मी, समाजसेवी, वुद्धिजिवी, विद्यार्थी लगायत सबै सबैलाई ह्रदयदेखि नै आभार प्रकटगर्दै क्याम्पसकाे शैक्षिक विकासमा यहाँहरूकाे अतुलनीय याेगदान सधैभरिं रहिरहने कुरामा विश्वस्त हुन सकिन्छ ।
पटक पटक विश्वविद्यालय अनुदान आयाेगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त यस क्याम्पसकाे थप उन्नती प्रगतिकालागि विश्वविद्यालय र समुदायकाे सहयाेग, सुझाव आवश्यकपर्ने हुँदा सधैंभरी यहाँहरूकाे याेगदान क्याम्पसकाेलागि अविस्मरणीय रहने छ भन्ने कुरामा विश्वस्त छु । यस क्षेत्रका शैक्षिक अगुवा, समाजसेवी, वुद्धिजिवी, राजनीतिकर्मी, सामाजिक अभियन्ता, उद्योगी, व्यापारी, अभिभावक, प्रध्यापक, शिक्षक, कर्मचारी, कृषक, विद्यार्थी सबै सबैकाे क्याम्पसकाे उन्नतीमा महत्त्वपूर्ण याेगदान रहेकाे कुरालाई कसैले पनि नकार्न सक्दैनन् र सधैंभरी यहाँहरुकाे सल्लाह, सुझाव, सहयाेग रहिरहने छ भन्ने कुरामा विश्वस्त छु ।
क्याम्पस भए हामी हुन्छाैं, तर हामी नभएपनि क्याम्पस हुनेछ । मेराे पनि कयाम्पससंग नाना र माना जाेडिएकाे हुँदा क्याम्पस अभिभावककाे कुशल व्यवस्थापनले गर्दा क्याम्पस सकारात्मक दिशामा अघि बढि रहेकाे मेराे ठम्याई छ । हाल यस क्याम्पसमा प्राध्यापक श्री ताेयराज भट्टसर क्याम्पस प्रमुखकाे भूमिकामा रहनु भएकाे छ । वहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना पनि व्यक्त गर्दछु । क्याम्पस सम्बन्धी पाठकलाई थप जिज्ञासा भएमा अर्काे लेखमा उल्लेख गर्ने नै छु । अहिलेलाई बिट मारे ।
धन्यवाद !
मान सिंह धामी
उप-प्राध्यापक
कैलाली बहुमसखी क्याम्पस, धनगढी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्