उच्च रेकर्ड कायम गर्दै सुनको मूल्य लगातार ओरालोतर्फ

काठमाडौं – उच्च रेकर्ड कायम गर्दै सुनको मूल्य ओरालोतर्फ लागेको छ । आज आइतबार सुन र चाँदीको मूल्य केहि घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ३००, तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य तोलामा एक हजार ४६५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल एक लाख १२ हजार ८००, तेजावी एक लाख १२ हजार २५० रुपैयाँ र चाँदी १४ सय ८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्