धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा

कैलाली – सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ । यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो ।

कञ्चनपुरको बेदकोटका ४१ वर्षीया युवा भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट कञ्चनपुरको ब्रम्हदेव हुँदै लुकेर नेपाल छिरेका हुन् । कैलालीको लम्कीका युवा चैत ११ गते धनगढीसँग सीमा जोडिएको गौरीफन्टा नाकाको भीडबाट नेपाल प्रवेश गरेका हुन् । कैलालीका कोरोना संक्रमित युवाका आफन्तमा पनि संक्रमण फैलिएको छ । चैत ७ गते दुबईबाट भारत हँुदै ती युवा नेपाल आएका थिए । सोही रात उनी काठमाडौंमा मामाको घरमा बसि चैत ८ गते बुद्ध एयरको विमानबाट नेपालगञ्ज आएका थिए। नेपालगञ्जबाट उनी अत्तरियासम्म माइक्रोमा, त्यहाँबाट धनगढीको चौराहासम्म विंगर गाडी र त्यहाँबाट अटोमा उनी धनगढीस्थित घर पुगेका थिए ।

भारतबाट आएका दुई जनामा पनि संक्रमण

भारतबाट आएका दुईजनामा पनि संक्रमण देखिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४१ वर्षका पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका २१ वर्षका युवामा कोरोना संक्रमण भेटिएको हो ।

नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनबाट बिहीबार ९२ जनाको थ्रोट स्वाब संकलन गरी काठमाडाैं लगेको थियो । तीमध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवराज भट्ट, परमानन्द पाण्डे, महादेव अवस्थीले लेखेका छन् ।

Ratopati

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्