सुनको मूल्य आकासियो

काठमाडौं – सुनको मूल्य आकासिएको छ । बुधबार तोलामा ६ सयले रुपैयाँ मूल्य बढेपछि सुनको मूल्य तोलाको एक लाख १३ हजार १०० रुपैयाँ कायम भएको छ ।

सुनमा यसअघि हालसम्मकै उच्च मूल्य गत जेठ १९ मा एक लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो । आज तेजावी सुनको मूल्य एक लाख १२ हजार ५५० र चाँदीको मूल्य १४ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्