एसईईमा उत्कृष्ट अंक ल्याउने तीन जनालाई ५० हजार रुपैयाँ प्रदान

काभ्रे : काभ्रेको रोसी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने तीन जनालाई ५० हजार रुपैयाँ प्रदान गरेको छ।

गाउँपालिकाले शैक्षिक क्षेत्र गुणस्तरमा सुधार ल्याउन पालिकाभित्र सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट नम्बर ल्याउने तीन जनालाई चेक हस्तान्तरण गरेको हो। रोशी गाउँपालिका-६ मा रहेको हरिसिद्धि माविको प्रशान्त तामाङ ३.७० जीपीए र वडा नम्बर ११ को पोक्रा माविका छात्राहरू हिमानी तामाङ र संगीता राय ३.५५ जीपीए ल्याएका तीन जनालाई ५० हजारको चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए।

पालिकाभित्र उत्कृष्ट ३ जना विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप पालिकाले ५० हजारको चेक दिएको उनले बताए। गाउँपालिकाभित्र १६ वटा सामुदायिक विद्यालयबाट विद्यार्थीले एसइई परिक्षा दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्