नेपाल आयुर्वेद चिकित्सक संघको २६ औं वार्षिक उत्सव सम्पन्न

बिजौरी – नेपाल आयुर्वेद चिकित्सक संघ, लुम्बिनी  प्रदेशले २६ औं वार्षिक उत्सव दाङको विजौरीमा सम्पन्न गरेको छ ।  नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष डाक्टर देबराज के.सी.को अध्यक्षता एबम् नेपाल आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष डा.सन्तोष कुमार ठाकुरको प्रमुख आतिथ्य र केन्द्रिय आयुर्वेद विद्यापीठ वेलझुण्डीका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर राम चन्द्र अधिकारीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा वोल्ने वक्ताहरुले आयुर्वेदका लागि जनशक्ति कम भएकोले यस तर्फ राज्यले ध्यानदिन जरुरीरहेको वताएका थिए । साथै आयुर्वेदिक औषधिको गुणस्तर निर्धारण, र परम्परागत चिकित्सकीय ज्ञानको संरक्षण एवं प्रवर्धन गर्न राष्ट्रिय अभिलेखीकरण प्रक्रियाको थालनी गर्नुपर्ने धारणा समेत राखेका थिए । साथै पछिल्लो चरणमा आयुर्वेदिक पद्दतीको माग वढ्दै गएकोले चिकित्सालयको स्तरउन्नतीको लागि पनि माग गरेका थिए  ।

कार्यक्रममा डा.मदन भण्डारी, डा.मदन कुमार विसी, डा.डाक्टर मुरली मनोहर रौनियार लागाएतकाले वोलेका थिए । उक्त कार्यक्रममा लामो समय देखि आयूर्वेद क्षेत्रमा क्रियाशिल रहेका डा.मुरली मनोहर रौनियार र  लामो समय देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल साक्षी खबरका सम्पादक राकेश वस्नेतलाई सम्मान गरिएको थियो । डाक्टर चाहना शर्माको स्वागत मन्तव्यवाट सूरु भएको उक्त कार्यक्रमको सहजिकरण केन्द्रिय सदस्य डा.कैलाश न्यौपानेले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्