आयाताकर्ता र वितरकको लेबल नलगाएको बस्तु जफत गरिने निर्णयको नेपाल व्यापार संघद्वारा घोर भत्सना

काठमाडाैं – आयाताकर्ता र वितरकको लेबल नलगाएको बस्तु साउनदेखि जफत गरिने सरकारको निर्णयको नेपाल व्यापार संघले घोर भत्सना गरेको छ । यो निर्णय व्यापारीहरुको हक हितका लागि नभई विभिन्न मार खेप्दै आएका व्यापारीहरुलाई मार मार्ने निर्णय भएकाले तत्काल फिर्ता लिनुपर्ने अध्यक्ष हरि गौतमको भनाई छ ।

यहि विषयलाई लिएर राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले खुला व्यवसाय, साना व्यवसायका लागि यो निर्णय हुनै नसक्ने बताएको छ । एउटै गाडीमा धेरै व्यवसायीको सामान हुने भएकाले साना व्यवसायीको लागि यो मारमा पार्ने निर्णय भएकाले यस निर्णयको सम्पूर्ण व्यापारीहरु विरोध गर्नुपर्ने बताएका छन् ।

भन्सार विभागले साउन १ गतेदेखि आयात हुने हरेक मालवस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउन पत्राचार गरेको छ । विभागले यस विषयमा बुधबार सम्बन्धित निकायहरूलाई जानकारी गराएको हो । आर्थिक विधेयक २०८० ले पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तु प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने व्यवस्था गरेको छ ।

त्यसरी लेबल नगरी बजारमा बिक्री वितरणको लागि पठाएको पाइएमा अनुगमन गरी त्यस्ता मालवस्तु जफत हुने व्यवस्था आर्थिक विधेयकमा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्