अर्किड स्कुलले यसरी मनायो धान दिवस (फोटो फिचर)

काठमाडौं – ठूलो समूहमा साना बालबालिका, केटाकेटी, कोही स्कुल ड्रेसमा, कोही खेलकुद कार्यक्रममा लगाउने हाउस ड्रेसमा र कोही साधारण कपडामा जब हिलाम्य खेतमा धान रोप्दै र धानको बीउको मुठा बोक्दै गरेको देखिन्छ । यो दृश्य हो काठमाडौँेको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले मनाएको राष्ट्रिय धान दिवसको तस्बिरहरु ।

२० औँ राष्ट्रिय धान दिवसमा अन्य बर्षहरुमा झै मनाउने नियमित कार्यक्रम जस्तै यस बर्षपनि अर्किड स्कुलले धान दिवसको अवसरमा विद्यार्थीहरुबाट रोपाई अर्थात धान रोपेर दिवस मनाएका छन् ।
यहि अवसरमा अर्किड स्कुलले विद्यार्थीहरुलाई खेतमै लगेर, रोपाइ, पानीको महत्व, किसानको परिश्रम, नेपालमा धान खेतीको अवस्था र असार महिनाको महत्व बारे प्रत्यक्ष जानकारी दिएको छ । अर्किड स्कुलका संस्थापक प्रेम कुमार भुजेलले विद्यार्थीलाई अवलोकन र सहभागी बनाएर गरिएको यस कार्यक्रमले पछिल्लो पुस्तामा चामल फल्ने रूख कस्तो हुन्छ भन्ने मनोदशामा सुधार गरी मौलिक सिर्जनात्मक र अन्वेषणात्मक क्षमताको बिस्तार गर्ने आशा व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्