संयुक्त राष्ट्रसंघका उपमहासचिवद्वारा नेपाल भ्रमण सम्पन्न

काठमाडाैं –  संयुक्त राष्ट्रसंघका Under-Secretary General for Peace Operations, Mr Jean Pierre Lacroix चार दिवसीय नेपाल भ्रमण सम्पन्न गरी शुक्रबार प्रस्थान गर्नु भएको छ । उहाँलाई निरीक्षणाधिकृत उपरथी श्री योगराज शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।

 यसअघि जङ्गी अड्‍डामा रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयका Masters in International Relation and Diplomacy मा अध्ययनरत शिक्षार्थीहरु लगायतको उपस्थिति रहेको कार्यक्रममा उपमहासचिव Lacroix ले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍का जिम्मेवारी, शान्ति स्थापना कार्य, यसका चुनौती र संभावनाहरुका बारेमा मन्तव्य राख्नुभयो । उपमहासचिवले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍बाट नेपालको विश्व शान्ति प्रतिको प्रतिवद्धता तथा नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानको सदैव उच्च प्रशंसा हुँदै आएको बताउनु भयो । उहाँले नेपाली शान्ति सैनिकहरु कुनैपनि पूर्व शर्त विना आफु तैनाथ मिशन ईलाकामा आइपर्ने जस्तोसुकै जटिल परिस्थितिमा पनि परिचालित भई मिशन म्यान्डेट पूरा गर्न सक्रिय हुने गरेको उल्लेख गर्दै नेपाल तथा नेपाली शान्ति सैनिकहरुबाट भविष्यमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो । सोही क्रममा उपमहासचिवले विगतमा शान्ति सेनामा तैनाथ भईसकेका र निकट भविष्यमा शान्ति सेनामा सहभागी हुने तयारीमा रहेका महिला सैनिक तथा प्रहरीहरुसँग बेग्लै अन्तरक्रिया गर्दै शान्ति स्थापनार्थ तैनाथ हुने महिलाहरुको समस्या समाधानमा संयुक्त राष्ट्रसंघको चासो रहेको बताउनु भएको थियो ।

 नेपाल भ्रमणमा रहँदा उपमहासचिव Lacroix ले उच्चस्तरीय महत्वपूर्ण भेटघाटहरु गर्नुका साथै भगवान बुद्धको जन्मस्थल लुम्बिनी तथा काठमाडौंका पर्यटकीय स्थलहरुको भ्रमण गर्नु भएको थियो । उहाँले मिति २०८० आषाढ १४ गते बारास्थित नेपाली सेनाको शान्ति कार्य लजिष्टिक वेशको भ्रमण गर्नुभयो । उक्त लजिष्टिक वेश नेपाली शान्ति सैनिकहरु शान्ति स्थापनार्थ तैनाथ हुने क्रममा आवश्यक बन्दोवस्तीका सामग्रीहरु तयारी गर्न र बन्दोवस्ती सम्बन्धी तालिमका लागि निर्माण गरिएको हो ।

  गत ज्येष्ठ ३० गतेदेखि आषाढ ०१ गतेसम्म आयोजित Partnership for Technology in Peacekeeping अन्तर्राष्ट्रिय संगोष्ठीका दौरान संयुक्त राष्ट्रसंघको Department of Support का उपमहासचिव अतुल खरे लगायतका वरिष्ठ अधिकारीहरुले नेपालको भ्रमण गर्नु भएको थियो ।  यस प्रकारका भ्रमणले नेपालको विश्व शान्ति प्रतिको प्रतिवद्धता माथि संयुक्त राष्ट्रसंघको उच्चस्तरीय भरोसा प्रतिविम्वित हुन पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्