दार्चुलाको शैल्यशिखर नगरपालिका सहित सुदूरपश्चिमका ४ स्थानीय तहले ल्याएनन् बजेट

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन् । दार्चुलाको शैल्यशिखर नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका तथा बझाङको थलारा र सुर्मा गाउँपालिकाबाहेक सुदूरपश्चिमका ८४ स्थानीय तहले आइतबार बजेट पेश गरेका हुन्।

अधिकांश पालिकाले बजेटमा शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएका छन्। अन्तर सरकारी वित्तिय ब्यवस्थापन ऐन २०७४ को कानुनी व्यव्स्था अनुसार आइतबार (असार १०) सम्म प्रदेशका ८८ स्थानीय तहमध्ये अधिकांशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जनप्रतिनिधीहरु बीचकै विवाद र तयारी नपुग्दा कानुनी व्यवस्था अनुसार अन्तिम दिन असार १० सम्म पनि केही स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्