दार्चुलाको लेकममा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु

सांकेतिक तस्वीर

दार्चुला – दार्चुलामा सर्पले डस्दा एक जना किशोरीको ज्यान गएको छ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मकन्नामा सर्पले डस्दा स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीय छोरी हेमन्ती जोशीको ज्यान गएको  हो ।

उनलाई शुक्रबार बिहान घरको कोठाभित्र सर्पले टोकेको सर्पले टोकेको थियो । त्यसपछि बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु भएको परिवार स्रोतले जनाएको छ । हेमन्ती कृष्ण मावि लालीमा कक्षा १२ मा अध्यनरत थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्