मन्त्री सिंहको पार्थिव शरिर हेलिकप्टर मार्फत बझाङ ल्याइयो, शनिबार मात्र दाहासंस्कार गर्ने

बझाङ – मंगलबार दुर्घटना परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको पार्थिव शरिर हेलिकप्टर मार्फत धनगढीबाट बझाङ ल्याएको छ । बिहानदेखि धनगढीको कभर्डहलमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो, अहिले भने बझाङ ल्याएको छ । पार्थिव शरिरलाई शनिबारसम्म जिल्ला अस्पताल बझाङको सिमखेत लास घरमा राखिनेछ ।
मन्त्री सिंहका कान्छा छोरा इजरायलबाट आउन समय लाग्ने भएकाले पार्थिव शरिर चार दिन जिल्ला अस्पतालमा राखिन लागिएको हो । मन्त्री सिंहका छोरा पुगेपछि शनिबार बझाङमै अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखेपश्चात दाहसंस्कार गरिने छ । सिंहकी धर्मपत्नी अमृतादेवी सिंहको शव भने मंगलबारदेखि नै जिल्ला अस्पतालमा राखिएको छ । भाउजू जयादेवी सिंह शव आफन्तले जिल्ला अस्पताल सिमखेतबाट महेन्द्रनगर लगिसकेको जिल्ला अस्पताल बझाङले जनाएको छ । सिंहको निधनले सिंगो बझाङ स्तब्ध बनेको छ । सदरमुकाम चैनपुरका व्यापारीले बुधबार पुर्ण रूपमा पसल बन्द गरि शोक मनाएका छन् ।
डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सिंहको सडक दुर्घटनामा परि उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको थियो । मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जीप केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

दुर्घटनापछि उपचारका लागि मन्त्री सिहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो । उनलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो । मन्त्री सिहको शव मंगलबार राती नै धनगढी ल्याईएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेपछि हिजो नै काठमाडौं को रिफर गरिएको छ तर आर्थिक अभावका कारण र आफन्त नपुगेका कारणले उनिहरु अहिले सम्म कोहलपुर मेडिकल कलेज मा नै उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्