मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखियो

धनगढी – सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका धनगढी रंगशालामा राखिएको छ ।

आजै धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ । मंगलबार सडक दुर्घटनामा परि मन्त्री सिँह लगायत उहाँकी श्रीमती र भाउजुको निधन भएको थियो ।

उहाँ बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । दुर्घटनालगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पु¥याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो । आज प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने निर्णय गरिसकेको छ ।

सवारी दुर्घटनामा गम्भीर घाइते मन्त्री पृथ्वीबहादुर सिंहको निधन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्