सुदुरपश्चिमका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना

 रमेश बहादुर सिंह बझाङ

सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामा तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ। प्रदेश सरकारको सु प्र प०१ ००१झ४८०नम्वर रहेको मन्त्रीको सवार गाडी मंगलबार डडेलधुराबाट बझाङ आउने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धार छडा भने स्थानमा दुर्घटना भएको हो।

गाडीमा सवार मन्त्री सिंह लगायत पाँच जना दुर्घटनामा परी घाइते भएका छन्। घाइतेहरुको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बागथला प्रहरी पोष्टले जानकारी दिएको छ

घाइतेहरु चालक सहित मन्त्री उहाकी धर्म पत्नी लगायत अन्य तीन जना घाइते भएका छन्। घाइतेहरु मघ्ये मन्त्री सिंहको अवस्था गम्भीर रहेको छ । उहाँ अहिले बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ । मन्त्री सिंह गुह जिल्ला बझाङ भ्रमणको लागि जानलागेका थिए। घटना स्थल तिर सुरक्षाकर्मी परिचालन गरि घाइतेहरुको उद्धार गरि उपचार गर्ने काम भइरहेको र घटनाको थप विवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्