मष्टा गाउँपालिकामा अवसर, सम्भावना र चुनौती विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

रमेश बहादुर सिंह बझाङ – मष्टा गाउँपालिकाले आगामी आर्थिक बर्षकालागि अवसर सम्भावना चुनौती विषयक १दिने अन्तरक्रिया कार्यक्रमका गरेर सुझाव माग गरेको छ । गाउँपालिकाले छलफल कार्यक्रमको आयोजना गर्दै आगामि दिनमा कस्ता खालका कार्यक्रम तथा निति लिन आवश्यक रहन्छ भन्ने उदेश्यमा साथ राजनीतिक दलका प्रमुख तथा पुर्व जनप्रतिनिधि र स्थानीयहरुको सुझाव लिएको हो । आज आइतबार गाउँपालिकाले सवल सम्भावना चुनौती विषयकको एक दिने कार्यक्रम गरि सुझाव संकलन गरेको हो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधीहरुले स्थानीयहरुले दिएका सुझाव संकलन गरेको गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले जानकारी दिए । आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा गाउँपालिकाले कस्ता खालका कार्यक्रम संञ्चालन गर्दा उपयुक्त होला भन्ने विषयमा आधारित रहेर नागरिक सुझाब संकलन गरिएको उनले बताए ।
छलफल कार्यक्रममा पुर्व गाउँपालिका अध्यक्ष कर्णबहादुर कडायत सबै वडाका वडा अध्यक्ष स्थानीय लगायतका ब्यतिहरु कार्यक्रममा सहभागिता रहने कार्यक्रमा सहभागी भएका थिए ।

विशेष गरी स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएका कारण नागरिकहरुका आसा पनि धेरै हुने भएका कारण ती नागरिकका अपेक्षालाई कसरी समेट्न सकिन्छ, पालिकामा दिगो तथा सर्वप्रिय विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल आधारित रहने अध्यक्ष बोहराले बताए ।  छलफल कार्यक्रममा आएका सुझावहरुलाई पालिकाले संकलन गरि महत्वपूर्ण सुझावहरुलाई आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समेट्ने जनाइएको छ । साथै गाउँपालिका रहेका प्रमुख धार्मिक तथा पर्यटकीय स्थल मालिका डढारमष्टा र तपोवन लाइ गाउँपालिकाले प्रार्थमिकता दिएर अगाडि बढाउने गाउँपालिका अध्यक्ष बोहराले बताए । कार्यक्रममा सबै वडाका वडा अध्यक्षले पनि स्थानीय स्तरबाट आएका सुझावलाई प्राथमिकता दिएर अगाडि जाने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्