आजको मौसम : पूर्वी र मध्य भूभागमा मनसुनको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा पनि दिउँसोसम्म मौसम बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए।महाशाखाका अनुसार रातीपनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्