दुर्गाथली गाउँपालिका बन्यो जिल्लाकै पुर्ण खोप सुनिश्चितता पहिलो पालिका

बझाङ – दुर्गाथलि गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घाेषणा भएकाे छ । गाउँपालिकले बिहीबार एक औपचारिक कार्यक्रमकाे आयाेजना गरेर पालिकालाई पुर्ण खाेप सुनिश्चितता घाेषणा गरेकाे हाे । घाेषणासंगै पालिकाले पालिका घाेषणालाई दिगोपनाको लागि प्रतिबद्धता समेत जनाएको छ । त्यसका लागि प्रतिबद्धता पत्र समेत जारी गरेकाे छ । दुर्गाथलि गाउँपालिका १६ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुले खोप पाएपछि पुर्ण खाेप पालिका घाेषणा गरिएको हाे ।

गाउँपालिका ७ वटै वडाहरूमा रहेका लक्षित बालबालिकालाई खाेजी गरेर खाेपकाे पहुँचमा ल्याईएकाे छ । घाेषणा समारोहमा गाउँपालिका प्रमुख एवं खाेप समन्वय समितिका संयाेजकले सबै वडाका वडा अध्यक्ष एंव वडास्तरीय खाेप समन्वय समिति संयाेजकलाई खाेप सुनिश्चितताकाे प्रमाणपत्र प्रदान गरेकाे थियाे । यसअिघ लक्षित उमेर समूहका सबै बालबालिकाले नपाएको एकिन गरि सबैले बालबालिकाले पुर्ण खोप पाएको सुनिश्चित गरिएको थियाे ।

स्थानीय तहले प्रत्येक वर्ष खाेप लगाउन छुटेका बालबालिकाकाे खाेजी गरेर खाेपकाे पहुँचमा ल्याउने गर्छ । लक्षित समूहका सबैले खाेप पाएपछि पालिकालाई घाेषणा गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले बताउनुभयाे । यो बझाङ जिल्लाको पहिलो पालिका पुर्ण खाेप सुनिश्चितता पालिका घाेषणा भएका छन् । बाह्र स्थानीय तह रहेकाे यस जिल्लामा पहिलो पटक दुर्गाथलि गाउँपालिका जिल्लाकाे पुर्ण खोप गाउँपालिका घाेषणा भएकाे जिल्ला समन्वय प्रमुख नर बहादुर बोहराले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्