६१लाख ४२ हजारमा शंकरपुर गाउँ जोड्ने ट्रेस पुलको शिलान्यास

कैलाली – कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर – ९ शंकरपुर गाउँ जोड्ने ट्रेस पुलको शिलान्यास भएको छ । गौरिगंगा नगरपालिकाको वडा नम्बर ९ मा निर्माण हुन लागेको पुलको एक कार्यक्रमका बिच बिहिवार शिलान्यास भएको हो । सुदुरपश्चिम प्रदेश सभा सदस्य जानकी देवि कुवरले पुलको शिलान्यास गर्नु भएको छ ।शिलान्यास गर्दै प्रदेश सभा सदस्य कुवरले पुल समय अबधि भित्र गुणस्तरीय रुपमा सम्पन्न गर्नु पर्ने बताए ।
उक्त पुल निर्माणका लागि १६ महिनाको समयावधी तोकिएको भए पनि उक्त पुल यहि आर्थिक वर्षमा सम्पन्न हुने समितिका अध्यक्ष लक्ष्मण बि क ले बताउनु भएको छ । निवर्तमान वडा अध्यक्ष हरि प्रसाद तिवारी को पहलमा निर्माण गर्न लागिएको उक्त पुलको ६१लाख ४२ हजार ४ सय ६२ रुपैयामा ठेक्का सम्झौता भएको निवर्तमान वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताए

आगामि बर्ष देखि भइरहेको पहल रकम अभावले सुरु हुन सकेको थिएन यस बर्ष सुरुवात भएको छ म पनि खुसी छु यहाँ स्कुल मा पढ्ने ससाना बाबू नानीहरूलाई यस पुल निर्माण कार्य सम्पन्न पछि आवत जावत मा सहजता हुनुका साथै स्थानीय गाउँ बासिन्दालाई पनि जङ्गलमा घाँस दाउरा लिन जान धेरै सहयोग पुग्ने निवर्तमान अध्यक्ष तिवारीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्