महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा दार्चुलामा वडाध्यक्ष पक्राउ

दार्चुला – महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा दार्चुलामा एक जना वडाध्यक्ष पक्राउ परेका छन् । गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि फरार रहेको मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदन सिह धामी पक्राउ परेका हुन् ।

गाउँकै महिलालाई करणी गरेको आरोपमा वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् । त्यस लगत्तै वडाध्यक्ष धामी फरार रहेका थिए । बुधबार जिल्ला सदरमुकाम खलंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्