जहाजमा चुरोट तानेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ वर्षीय युवक पक्राउ

काठमाडाैं – उडिरहेको जहाजमा चुरोट तानेको आरोपमा एक जना पक्राउ परेका छन् । बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले झापाका २८ वर्षीय सुवास पुरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा दक्षिण कोरियाबाट काठमाडौं आएका पुरीलाइ जहाजमा चुरोट तानेको आधारमा पक्राउ गरेको हो ।  एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवकमाथि थप अनुसन्धान गर्न उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्