कोरोनाबाट अमेरिकामा एकै दिन ९ सय ६८ जनाको मृत्यु, २ लाख ४४ हजार भन्दा बढी संक्रमित

न्युयोर्क – अमेरिकामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २९ हजार ६ सय ७८ संक्रमित भेटिएसँगै हालसम्म संक्रमितको कूल संख्या २ लाख ४४ हजार ६ सय ८१ पुगेको छ । यो संसारकै सबैभन्दा धेरै संक्रतिको संख्या हो ।

संक्रमितमध्ये ५ हजार ४ सय २१ को अवस्था गम्भीर छ भने हालसम्म अमेरिकामा १० हजार ४ सय ३ जना संक्रमित निकोसमेत भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्