गगन थापालाई निमा ग्याल्जेनको प्रश्न – स्पष्टिकरण सोधेको मान्छेलाई सांसद सिफारिस गर्ने अरुलाई विधिको शासन सिकाउने ?

काठमाडौ – नेपाली काँग्रेसका नेता एवं हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले महामन्त्री गगनकुमार थापालाई प्रश्न गरेका छन् ।
नेता शेर्पाले महामन्त्री थापालाई पार्टीले स्पष्टिकरण सोधेको मान्छेलाई जबरजस्ति समानुपातिक सांसदमा सिफारिस गर्ने अरुलाई विधिको शासन सिकाउने ? भन्दै प्रश्न गरेका हुन् । ‘अरुले मात्र विधि मिचिको देख्नु हुन्छ भने तपाइको चस्मा फेर्नुहोस् महामन्त्री ज्यू, सन्धुपाल्चोक जिल्लाले स्पष्टिकरण सोधेको मान्छे लाइ तपाईकै दवाव र अगुवाईमा हैन प्रदेश समानुपातिक उमेद्वार सफारिस गर्नु भएको ?’ शेर्पाले प्रश्न गरे, ‘आज हामीले तपाईं बाट के को विधि र अनुशासनको अपेक्षा गर्नु ?’ नेता शेर्पाले पार्टी भित्र यस्तो परिस्थिति सिर्जना गर्नुमा मुख्य जिम्मेवार ठूला नेताहरु नै भएको बताएका छन् । नेता शेर्पा स्थानीय स्तरमा लोकप्रिय नेता हुन् । उनी २०७४ र २०८९ मा हेलम्बु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भइसकेका छन् ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पालाई स्थानीय तहको निर्वाचनमा हराउन भुमिका खेलेको आरोपमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अनुशासन समितिले जिमी लामालाई लिखित स्पष्टिकरण पेश गर्न भदौ १४ गते पत्र काटेको थियो । तर महामन्त्रि थापाको निकटता भएकै कारण लामालाई प्रदेश समानुपातिकको सूचीमा राखिएको थियो ।

पछिल्लो समय महामन्त्री थापा पार्टीभित्र गुटबन्दी भएको र पार्टी अराजकता तिर गएको भन्दै नेतृत्वको चर्को आलाेचना गर्दै आइरहेका छन् ।

यो पनि पढ्नुहोस्

पार्टीले स्पष्टिकरण सोधेका लामालाई महामन्त्री थापाको समानुपातिक ‘उपहार’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्