जी टु जी सहमति गरेर स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने तयारी

काडमाडौं – कोरोना भाइरस (कोभिड–१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिइने तयारी भएको छ ।
कोरोना रोकथामसम्बन्धी उच्चस्ततरीय समितिले जी टू जी (दुई देशको सरकारबीच) सहमति गरेर स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने तयारीबारे छलफल भइरहेको स्रोतले बतायो । सम्भवतः समितिले बिहीबार नै निर्णय गर्नेछ ।

स्वास्थ्य सेवा विभागले पूर्व प्रतिवद्धता अनुसार स्वास्थ्य सामाग्री खरिदका लागि टेण्डर आह्वान गरेन ।

ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले नेपाल आपूर्तिकर्ताहरुसँग बिहीबार कोटेसन माग्ने बताएका थिए । बिहीबार नेपाली सप्लायर्सहरु विभागमा पुगेका थिए ।

उनीहरुले पूर्वप्रतिवद्धताअनुसार ओम्नी समूहले भन्दा सस्तोमा स्वास्थ्य सामाग्री ल्याउन बताएका थिए ।

तर विभागले टेण्डर आह्वान प्रक्रिया सुरु गरेन । ‘जीटूटीमार्फत ल्याउने कि भनेर छलफल भइरहेको खबर आएपछि आज प्रक्रिया सुरु गरिएन’ विभागका महानिर्देशक श्रेष्ठले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्