नेपालमा कोरोनाका छैटौँ विरामी भेटिए, उनी कतारको दोहाबाट नेपाल आएका थिए

काठमाडौं – नेपालमा छैटौं कोरोना भाइरस संक्रमित व्यक्ति फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

ती व्यक्ति चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर६५२ नम्बरको फ्लाइटमा नेपाल आएका थिए । यसअघि पनि सोही फ्लाइटमा आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन ।
पत्रकार सम्मेलनमा देवकोटाले हालसम्म १ हजार १ सय ८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा पोजेटिभ भेटिएको जानकारी दिए ।

अहिले केन्द्रीय प्रयोगशालामा थप ४३ वटा परीक्षण भइरहेको तथा धरानमा पनि १२ वटा नमुना परीक्षण भइरहेको देवकोटाले बताए ।

यस्तै हाल १ सय ५ जना आइसोलेसनमा रहेका छन् भने जसमध्ये १६ जना उपत्यकाका विभिन्न अस्पतालमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्