दार्चुलामा एक युवक महाकालीमा नुहाउने क्रममा बेपत्ता

सांकेतिक तस्विर

दार्चुला – दार्चुलामा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन् । महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगर स्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर एक किशोर बेपत्ता भएका हुन् । वेपत्ता भएका किशोर महाकाली नगरपालिका-४ का अन्दाजी १५ वर्षीय सुदिप धामी हुन् ।

सोमबार दिउँसो साढे दुई बजे बगेका धामीको खोजि गर्दा अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । धामीको खोजि कार्य भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्