‘नीरफूल’ चलचित्रमा मौलिक विषयवस्तुलाई फरक ढंगले पस्किन खोजिएको छ : अभिनेता दयाहाङ

काठमाडाैं  – जेठ २६ गतेदेखि प्रदर्शनीमा आउन लागेकाे ‘नीरफूल’ चलचित्रमा मौलिक विषयवस्तुलाई फरक ढंगले नै पस्किन खोजिएको अभिनेता दयाहाङ राईले बताएका छन्।  शुक्रबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै अभिनेता दयाहाङ राईले मौलिक विषयवस्तुकाे चलचित्र नीरफूलबारे जानकारी दिएका छन् । साथै उहाँले चलचित्र सुटिङका क्रममा भोगेका अनुभवहरु समेत बताएका छन् ।

‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुबी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौं,’ उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेका छौं। मैले अभिनय गरेको राम्रा चलचित्रहरूमध्ये यो पनि एक हुनेछ।  उहाँकाे चलचित्र जारी समेत प्रदर्शनमा रहेकाे छ यसले कुनै असर गर्छ कि भन्ने सञ्चारकर्मीकाे जवाफमा उनले ‘जारी’मा झल्किएको कथा र नीरफूलमा झल्किएको कथा फरक भएकाले नयाँ स्वादका साथ दर्शकले रुचाउने बताएका छन् ।

‘चलचित्रमा म छोरी खोज्दै हिँडिरहेको हुन्छु,’ उनले भने, ‘तर खोज्दै जाँदा त मेरो गाउँ नै पो हराइसकेको रहेछ।’

तीन वर्ष अघि कोरोना महामारीको कारण प्रदर्शनकाे तयारीमा रहेकाे चलचित्र रोकिएको थियाे । यो चलचित्र फूलमान वलले निर्देशन गरेका हुन्। चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले बताए। चलचित्र भूकम्पकाे कथा मात्रै नभइ कथा फरक रहेकाे र कथा अघि बढ्दै जादा बिचमा भूकम्पकाे समेत अंश रहेकाे निर्देशक वलले बताए ।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्