स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता बारे छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने नेता खनालको माग

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले चीनबाट औषधि ल्याउने क्रममा अनियमितता भएको भए त्यसको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

विहिबार वरिष्ठ नेता खनालले सरकारले नै सबै कुराको जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

’यो बेलामा जहाँ पाउन सकिन्छ राम्रो औषधिहरू चाँडोभन्दा चाँडो ल्याउने र नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी सरकारको हो,’खनालले भने,’यसलाई अन्यथा ढंगले कसैले केही गर्छ भने त्यस्तो खालको अपराध गर्नेलाई कडाभन्दा कडा सजाय दिनुको कुनै विकल्प हुँदैन ।’

सरकारले गरेको गडबडीको पार्टीले समेत अध्ययन गर्ने भन्दै खनालले दोषीलाई उम्कन नदिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताए ।

‘समसामयिक विषयमा छलफल गर्न पार्टीको सचिवालय बैठक बोलाउने कोशिस भइरहेको छ जुन जरूरी पनि छ’, उनले भने ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको भेटमा समेत चीनबाट स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने क्रममा भएको अनियमितताबारे छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्