दार्चुलामा ग्याँस लिक भएर आगलागी, ८० वर्षीय बृद्ध जलेर गम्भीर घाइते, उपचारका लागि काठमाडौँ लगियो

दार्चुला –  दार्चुलामा ग्याँस लिक भएर आगलागी भएको छ। आगलागीबाट एक जना जलेर गम्भीर घाइते भएका छन्।

जिल्लाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्ना जलेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। बुधवार बिहान चिया पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी भएको हो।

घाइते ठगुन्नालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि उनलाई नेपाली सेनाको हेलिकेप्टरबाट काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्