बालुवाटार बैठकमा दलका उपनेता र सचेतक पनि थपिए

काठमाडौँ – बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी छ। प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको छलफल चलिरहँदा बैठकमा प्रमुख पार्टीका संसदीय दलका उपनेता, सचेतक पनि थपिका छन्।

‘बैठकमा तीन दलका उपनेता, प्रमुख सचेतक, सचेतकहरू पनि हुनुहुन्छ, छलफल जारी छ,’ प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत उपस्थित छन्। सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। आजको छलफल मुख्यतः सरकारको नीति तथा कार्यक्रममै केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्