रास्वपाले नक्कली भुटानी शरणार्थी छानविनमा आफ्नो भुमिका छ भन्नु हास्यास्पद : सरल

काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता ओमविक्रम भाट ‘सरल’ ले भुटानी शरणार्थी छानबिन प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भुमिका छ भनेर प्रचार गर्नु हास्यास्पद भएको बताएका छन् । बरु सकारलाई कमजोर पार्नमा रास्वापाको भुमिका भएको उनले टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘सरकारले नक्कली भुटानी शरणार्थी छानबिन प्रक्रिया अगाडी बढाएर दोषीहरुलाई पक्राउ गरिरहेको समयमा सरकारबाट समर्थन फिर्ता लिने रास्वपाले यो छानबिनमा उसको भुमिका छ भन्नु हास्यास्पद छ ।’

उनले अगाडी लेखेका छन् ‘पक्कै पनि सरकारलाई कमजोर पार्नमा रास्वपाको भुमिका छ, छानबिनमा सहयोग पुर्‍याउन होइन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्