सुदूरपश्चिम सरकारले पूर्णता पाउँदै, माओवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने

काठमाडौँ – बिहीबार सुदूरपश्चिम सरकारले पूर्णता पाउने तयारी भएको छ।

माघ २७ गते नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले सपथ लिएका थिए। त्यसैदिन नेपाली कांग्रेसका सासंद प्रकाश देउवा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

यस्तै, नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाही आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए। त्यसपछि लगत्तै मन्त्रिमण्डल विस्तार गर्ने मुख्यमन्त्रीले दाबी गरे। तर, तीन महिना पुगे पनि मन्त्रिमण्डले पूर्णता पाएको छैन।

मुख्यमन्त्री शाहको निजी सचिवालयका अनुसार नयाँ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्रीले तयारी गरेका छन्। सत्तारूढ दलका शीर्ष नेताहरूसँग काठमाडौंमा छलफल गरेपछि मुख्यमन्त्री शाहले नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। जसअनुसार माओवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। काठमाडौंमा शीर्ष नेताहरूले छलफल गरेर मन्त्रीको संख्या टुंगो लगाउन लागिएको छ। नागरिक उन्मुक्ति पार्टीले पनि एक मन्त्री र एक राज्यमन्त्री पाउने सम्भावना देखिएको छ।

नेकपा एकीकत समावजादीले अहिलेकै मन्त्री कायम राख्ने भएको छ। यस्तै, नेपाली कांग्रेसले थप एक मन्त्रालय पाउने भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्