नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चर्किदा ३ शीर्ष नेताको सिंहदरबारमा छलफल

File Photo

काठमाडौं – प्रमुख तीन दलका प्रमुखहरुको छलफल सिंहदरबारमा सुरू भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा बसेका हुन् ।

‘यो बैठक हिजोकै छलफलको निरन्तरता हो, उहाँहरुबीच टीआरसीबारे छलफल गर्ने भन्ने छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । मंगलबार पनि शीर्ष नेताहरुको छलफल चलेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहँदा शीर्ष नेताहरुबीच लगातार भइरहेको छलफललाई चासोका साथ हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्