पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केहिबेरमा अदालत लैजाने तयारी, टेकु परिसरमा उच्च सुरक्षा

FILE PHOTO

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई केहिबेरमा अदालत लैजाने तयारी गरिएको छ । बुधबार बिहान चावहिलस्थित मैजुबहालबाट खाणलाई प्रहरीले समातेको थियो । खाँणलाई अहिले  जिल्ला प्रहरी परिसर टेकु पुर्‍याइएको छ । उनलाई प्रहरीको उच्च सुरक्षा निगरानीमा टेकु ल्याइएको छ ।

टेकु परिसरमा अहिले पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । प्रहरीले मेन गेट बन्द गरेको छ । खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्