जुवातास खेलिरहेको अवस्थामा डडेलधुराको अमरगढीबाट पक्राउ

डडेलधुरा,  अमरगढी नगरपालिका–७ जोशीगाउँ बस्ने तिर्थ राज जोशीको कुखुरा पाल्ने खाली टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय तेज कैनी समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पोखरा र जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ३ सय ९५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्