पञ्जावविरुद्ध कोलकाता रोमाञ्चक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पन्जाब किंग्सलाई पाँच विकेटले पराजित गरेको छ ।

आन्द्रे रसेल र रिंकु सिंहले आक्रमक ब्याटिङ गरेपछि कोलकाताले पञ्जावमाथि अन्तिम बलमा रोमाञ्चक जित निकालेको हो । पन्जाबले दिएको १८० रनको लक्ष्य कोलकाताले अन्तिम बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताका लागि कप्तान नितिश रानाले ३८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए ।

आन्द्र रसेलले २३ बलमा ३ चौका र ३ छक्काको मदतमा ४२ तथा ओपनर जेसन रोयले २४ बलमा ३८ रन बनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्