सांसद बलायरले बिरुवा रोपेर वन उपभोक्ता महासंघको कार्यक्रमको उद्घाटन् गरे

काठमाडौँ –  नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४का प्रतिनिधी सभा सदस्य बिरबहादुर बलायरले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश अधिवेशन अत्तरियामा उद्घाटन् गर्दै बिरुवा रोपेका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बलायरले अत्तरिया स्थित पतञ्जली योग सभा हलको परिसरमा लिप्टीसको बिरुवा रोपेका हुन् । हरियाली बनाउन सार्बजनिक स्थान, आफ्नो घर एक वटा भएपनि बिरुवा रोप्ने अभियान चलाउनु पर्ने उनले बताए । ‘अहिले पृथ्वीमा वाताबरणीय सन्तुलन बिग्रीरहेको अबस्थामा सबैले यस्ता कामको थालनी गर्नुपर्छ’ बलायरले भने– ‘पृथ्वी बचाए मात्रै हामी सबैको कल्याण हुन्छ ।’ सामुदायिक वनको कार्यक्रम भएको हामीले प्रमुख अतिथीबाट बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गराएको सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष दानबहादुर बिष्टले बताए ।

हामीले संरक्षण अभियनमा रहेकोले यस्ता अभियान चलाईरहने सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका सचिव डण्डीराज सुबेदीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्