कञ्चनपुरको बैजनाथ सामुदायिक वनमा रूखबाट खसेकाे हाँगाले लागेर एक जनाको ज्यान गयो

सांकेतिक तस्बिर
काठमाडौं– रुखबाट खसेकाे हाँगाले लाग्दा कञ्चनपुरमा आज एक जनाको ज्यान गएकाे छ । बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको ज्यान गएकाे हाे ।

रूखको हाँगा खसेर डगौराकाे टाउकोमा चोट लागेको थियो । उपचारका लागि महेन्द्रनगरमा रहेकाे महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले डगाैरालाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्