नेपाल वायुसेवा निगमको जहाज काठमाडौबाट अष्ट्रेलियाका लागि उड्यो

काठमाडौं – नेपालको वायु सेवा निगमको राष्ट्रिय ध्वजाबाहक जहाज बुधबार साँझ अस्ट्रेलियाको ब्रिस्बेन शहरका लागि उडेको छ । काठमाडौंबाट साँझ ६ बजे उडेको यो जहाज मलेसियाको क्वाललम्पुरमा इन्धन भर्न अवतरण गर्नेछ ।

त्यहाँबाट ब्रिस्बेनतर्फ लाग्ने नेपाल एयरलाइन्सले जनाएको छ । यो जहाजमा अस्ट्रेलिया र न्युजिल्यान्डका २५७ जना यात्रु रहेका छन् । जहाजमा ६ जना चालकसहित कुल २४ जनाको सञ्चालन टोली समेत उडेको छ ।

यो जहाज बिहिवार बेलुका १०ः५५ मा काठमाडौं अवतरण गर्ने नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दीपु ज्वार्चनले जानकारी दिएका छन् ।

अस्ट्रेलियामा पहिलोपटक नेपाली जहाज ओर्लन लागेको हो । अस्ट्रेलियाबाट भने जहाज रित्तै आउँदैछ । अस्ट्रेलियाली सरकारले यो उडानको व्यवस्थापन मिलाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्