जिल्ला स्तरीय कृषक उन्नत हार्भेष्ट क्षती न्युनिकरण तथा कृषि यान्त्रिकरण सम्बन्धि तालिम सम्पन्न

बझाङ – उन्नत प्रबिधि,प्राथमिक प्रशोधन,पोष्ट हार्भेष्ट क्षती न्युनिकरण तथा कृषि यान्त्रिकरण सम्बन्धि जिल्ला स्तरीय कृषक तालिम सम्पन्न भएको छ । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परीयोजना परियोजना कार्यान्वयन इकाइ बझाङको आयोजना बैशाख १५ गते बाट सञ्चालन भएको तालिम आज सम्पन्न भएको हो ।

कृषकहरुलाइ उन्नत प्रबिधिहरुको बारेमा जानकारी गराउनुका साथै कृषि औजारको उपयोग गर्ने तरीका र पोष्ट हार्भेष्ट अर्थात उपभोग योग्य परिपक्वता भएका उपकरणहरुबाट हन सक्ने क्षतीलाइ कसरी कमगर्ने भन्ने बिषयमा कृषकहरुलाइ जानकारी दिने उदेश्यले तालिमको आयोजना गरीएको जनाइएको छ । कार्यक्रममा बोल्दै कृषक कमल कार्किले यस्ता तालिम लगिसकेपछि आफैमा सिमित नराखेर सिकेका कुरा गाउघरमा समेत लैजानु पर्ने बताउनुभयो ।

साथै उहाले यस्ता कार्यक्रम गाउगाउमा लिन सके अझै प्रभाबकारी बन्ने बताउनुभएको छ । यस्तै सहभागी बिमला कुमारी चौहानले यसता तालिमले व्यबसायि गरीरहेका कृषकहरुलाइ सहज हुने बताउदै यस्ता तालिमहरुमा महिलाहरुको सहभागीता अनिबार्य गराउनुपर्ने पर्ने बताउनुभयो । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परीयोजना परियोजना कार्यान्वयन इकाइका खरिदार खडक बहादुर खातीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी परियोजनाका लेखापाल मान बहादुर बम रहनुभएको थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका बालि सँरक्षण अधिकृत दिपेश कठाएत, सामुदायिक रेडियो प्रसारक सँघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष जगत खड्रका ,साइपाल गाउपालिका बाहेक ११ वटै स्थानीय तहका २५ जना कृषकहरु सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन आलुजोनका कृषि प्राबिधिक यज्ञ राज धामीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्