सुदूरपश्चिम प्रदेश लोकसेवाले माग्यो २६९ पदका लागि दरखास्त (सूचिसहित)

कैलाली –  सुदूरपश्चिम लोकसेवा आयोगले चौथो तह प्राविधिक तर्फ विभिन्न पदका २६९ दरबन्दीका लागि दरखास्त आव्हान गरेको छ ।

आयोगले सहायक चौथो प्राविधिक तर्फ विभिन्न पदको पदपूर्तिको लागि विज्ञापन खोलेको हो । बिहिबार सूचना प्रकाशित गरी आयोगले खुला तथा समावेशी कोटामा रिक्त दरबन्दीका लागि दरखास्त मागेको हो ।

उम्मेदवारले अनलाइनमार्फत् पनि फारम भर्न सुविधा दिइएको छ । दरखास्त दिने अन्तिम मिति आगामी जेठ ३ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर जेठ १० गतेसम्म पनि दरखास्त दिन सकिने छ । आवश्यक शैक्षिक योग्यता भएका नेपाली १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् भने महिला तथा अपांगता भएका उम्मेदवारहरुको उमेर ४० वर्ष ननाघेको हुनुपर्ने आयोगद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्