थप ८२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं – देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय ९४ जनाको पीसीआर र १ हजार १ सय ४० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार ६५ जना संक्रमणमुक्त भएका छन् । हाल ३ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्