ओडिआईमा कुशल मल्लको पहिलो शतक

काठमाडौं – नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा शतक पूरा गरे । उनले ९ चौका र ९ छक्का प्रहार गरे । ३७औं ओभरको पाँचौ दबलमा अकिब इल्यासलाई छक्का प्रहार गर्दै कुशल मल्लले शतक पूरा गरेका हुन् ।

यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् ।

नेपालले खराब सुरुवात गरेपनि कुशलको शतकपछि नेपालले ३९ ओभरमा २०९ रन बनाएर खेलिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्