उपनिर्वाचनको मौन अवधि सुरू

काठमाडौं – प्रतिनिधि सभामा रिक्त तीन स्थानमा आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरू भएको छ । बिहीबार राति १२ बजेबाट मौन अवधि सुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा आइतवार उपनिर्वाचन हुँदैछ । बिहीबार अबेरसम्म दलहरु उपनिवाृचनको प्रचारप्रसारमा व्यस्त थिए । मौन अवधिको पालना भए नभएकोबारे निर्वाचन आयोगले कडाईका साथ निगरानी गर्ने जनाएको छ ।

मतदान सुरू हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरू हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारले यो समयमा कुनै पनि माध्यमबाट चुनावी प्रचार प्रसार गर्न पाउँदैनन् । यसपटक उपनिर्वाचनको उम्मेदवारी दर्तादेखि प्रचारप्रसारको अन्तिम दिनसम्म आइपुग्दा यसले ठूलो आकार पाएको छ ।

देशको सम्पूर्ण राजनीतिक शक्ति तीन वटा निर्वाचन क्षेत्रमा केन्द्रित भएको छ । आमनिर्वाचन भएको छोटो समयमै उपनिर्वाचन हुन लागेको भए पनि यसले आवधिक निर्वाचनकै जसरी राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ । सत्तारुढ दलहरूको गठबन्धन, उम्मेदवारको पृष्ठभूमि र दल अदलबदलले पैदा गरेको राजनीतिक द्वेषले उपनिर्वाचनमा रौनक थपेको छ भने त्यही कारण दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्