सावधान !!! तपाईको साथिले मेसेन्जरबाट पैसा माग्छ भने एक पटक फोन गरेर सुनिश्चित गर्नुहोस्

सम्पादकीय

पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक गरि आफन्तहरुबाट पैसा माग्ने गिरोह सक्रिय रहेको छ । फेसबुक ह्याक गर्ने र सधै कुराकानी भइरहने साथीहरुको कुराकानीको अध्ययन गरि सोहि अनुरुप कुरा गरि पैसा माग्ने गरेको पाइएको छ । ह्याकरहरुको गिरोह यति सम्म चलाख छ कि कसले पैसा दिन्छ को सँग सधै लेनदेन भइरहेको छ सो पत्ता लगाइ पैसा माग्ने गर्दछन् । यसरी धेरै जसो मान्छेको हजारौँ लाखौँ पैसा गुमिरहेको छ । अपरिचित आइडी दिने, अस्पताल छु भन्ने बाहाना गर्ने, पसलमा साहुको इसेवामै हालिदिनु, क्याम्पसको कलेज प्रमुखकोमा पठाइदिनु, मेरो मोबाइल अफ भयो साथिकोमा पठाइदिनु, मेरा वालेट ब्लक भएको छ साथीकोमा पठाइदिनु लगायतका बाहाना गरि पैसा निकाल्ने गरेको पाइएको छ ।

प्रविधिको विकाससँगै यस्ता सोसियल अपराधिक घटनाबाट सबैजना सावधानि अपनाउनु आवश्यक छ । काठमाडौँका हरि शर्मा (नाम परिवर्तन) को आइडीबाट उनका निकटतम साथी विक्रम पूनकोमा म्यासेज जान्छ । दाइ मलाई २५ हजार रुपैया आवश्यक परेको छ । आपतकालिन भएर तपाईलाई भनेको तुरुन्तै पठाएर सहयोग गरिदिनु भनेर म्यासेज जान्छ । विक्रम पनि सोच्छन होला सधै लेनदेन चलिरहन्छ भोली पर्सि फिर्ता भइहाल्छ भनेर दिन तयार हुन्छन् । अनि विक्रमले हरिलाई हुन्छ त्यहि पुरानै ग्लोबल आइएमइको खातामा पठाइदिँउ भन्दा हरिबाट त्यो त मेरो पीन नम्बर विर्सेर ब्लक भएको छ साथीको डिजिटल वालेटमा पठाइदिनु भन्छ । अनि हुन्छ भनेर नम्बर माग्छ । अनि विक्रमलाई शंका लागे जस्तो हुन्छ र ट्रुकलर एपमा नम्बर सर्च गर्दा अर्कै नाम देखिन्छ । अनि हरिको मोबाइलमा फोन गरेर सुनिश्चित गर्न खोज्यो र हरिलाई सो कुरा सुनाउदा हरि छाँगा बाट खसेजस्तै हुन्छन् । त्यसपछि उनलाई धेरै साथिको फोन आउछ र सोध्छन के समस्या पर्यो हरि दाई भनेर ।

हरि शर्माको आइडी त अर्कैको कब्जामा रहेछ । अनि हरिलाई के गरु के नगरु भयो र तुरुन्तै साथीलाई आइडी ह्याक भएको र पैसा नठाउन आग्रह गर्दै आफ्नो फेसबुमा पोष्ट गर्न आग्रह गर्छन । उनको आइडीबाट त धेरै पैसा मागिसकेको रहेछ ह्याकरले ।

हरि र विक्रम त प्रतिनिधि पात्रमात्र हुन्। पछिल्लो समय फेसबुक ह्याक गरेर रकम माग्ने गिरोह सक्रिय भएको छ । दर्जनौ भन्दा बढी चिरपरिचित व्यक्तिको आइडीमा रकम माग्ने गरेको खुलेको छ । ह्याक भएको आइडीबाट समस्या परेको भन्दै पैसा माग्ने गरेको भेटिएको छ । दोषीलाई कारबाही गरिदिन साइबर ब्यूरोमा जानकारी पनि गराएका छन्। दोषीलाई पत्ता लगाइदिन घटनाका बारेमा सम्पूर्ण जानकारी काठमाडौंस्थित साईबर ब्यूरोलाई दिएको हरिले बताएका छन । ‘सुरुमा मेरो मात्र हो कि भन्ने लाग्यो’, हरिले सुनाए त बुझ्दै जाँदा ह्याक भएर पीडित भएका धेरै जना हुनु हुँदो रहेछ।

फेसबुकको नक्कली आइडी र आइडी ह्याक भएको उजुरी पर्नासाथ साइबर ब्यूरोले यसतर्फ कडा रुपमा प्रस्तुत हुनु जरुरी देखिन्छ । यी यस्ता गतिविधिबाट धेरै व्यक्तिहरु पीडित बनेका छन् । कसैले पनि सामाजिक सञ्जालबाट पैसा मागिरहेको छ भने एक पटक फोन गरेर सुनिश्चित गरि सोहि व्यक्तिको खातामा मात्रै पैसा जम्मा गर्ने गरौँ । अन्यथा ह्याकरको सिकार बन्न तपाई हामि पुग्नेछौँ त्यसैले सबैजना सावधानी अपनाऔँ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्