राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ८ सदस्यीय प्रतिनिधि मण्डल सहित रुस प्रस्थान

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेका छन । बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित ८ सदस्यीय प्रतिनिधि मण्डल सहित रुस प्रस्थान गरेका हुन् । जसमा राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतका रहेका छन् ।

उहाँले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्