तिम्रो पाइलाले सफलता पाओस छाेरी !

प्यारी छोरी मन मुटु भरिको असिम माया, ममता सु-स्वास्थ्यको कामना गर्नुको साथै तिमीले चालेका हरेक पाईलाले सफलताको शिखर चुम्न सकुन् भन्दै र शैक्षिक मार्गमा सदा सफलता रहोस् भन्ने कामना गर्दै जन्मदिनको लाखौं लाख शुभकामना।
मेरो सानु,मेरो लागि सबैभन्दा ठूलो दिन २०६२ बैशाख ६ गते,मंगलवार थियो ।वसन्त ऋतुको मध्यभाग उराठ लाग्दा वनपाखा कोयलीको कुहु-कुहु स्वर संगै सुर्यको लालित्यमय किरण अपी र शैल्यशिखरको काखमा पुग्दा तिमिले यो धर्तिमा पाईला टेक्न सफल भयौ।जब तिम्रो आगमनले मेरो जीवनमा नौलो बिहानी लिएर आयो र खुशीको सिमा नै रहेन । म त्यो बेला विद्यार्थी थिए, त्यत्ति अनुभव थिएन । तर पनि समयले सबैकुरा सिकाई नै दियो, पहिलो पटक गाउँ हुँदै स्कुलका शरहरुले बधाई दिदा एक्दम नौलो लाग्यो ।

आफु मनमनै सोच्न थाले अब ठूलो भएँ भनेर, त्यो क्षण, समय मेरो लागि एक्दम हर्षको अनुभूति, सुखद पल थियो । त्यो सबै तिम्रो आगमनले हो छोरी , तिमी बिना म तँ कल्पना नि गर्न सक्थेन, मेरो पढाई थियो, तर तिमी मेरो आन्तरिक शक्ति थियो।तिम्रो पहिलो शब्द आफ्नो लागी मा, सुने आफ्नो सबै पीडा कम भयो खै अरुले छोरा पाएमा ठूलो भोज भतेर गर्ने, शान भएको भान हुँदो होला, तर मेरो लागि सन्सारको सबै करोडौं छोरा भन्दा मेरो छोरी नै प्यारो लाग्यो ।

खै जति तिम्रो बारेमा लेखेनि कम हो, तिम्रो स्पर्श, स्नेह, माया, ममता, हेर्दा आफू धेरै भाग्यमानी भएको महशुस गरेको थिए र छु पनि । सानैमा गाउँकै सरकारी स्कुलमा तिम्रो मामुको काखमै वसेर पढ्न पायौ। गाउँकै सरकारी स्कुलवाट SEE उतिर्ण पश्चात् अहिले प्राविधक शिक्षा आर्जनमा तिम्रो मेहनेत र लगनशिलता देखेर हजुर अामादेखि हामी नतमस्तक छौ।

म तिम्रो हरेक पाइलामा सफलताको कामना गर्ना चहन्छु, हरेक पल खुसिमा बितोस, हजुर आमा म र मामुको माया स्नेह् सधैं तिम्रो लागी रहने छ।

तिमी जस्तो जति छोरी पाउन तँ जति तपस्या गरेँ नि कम छ, सबैले तिम्रो उदाहरण दिदा आफू सार्है नै भाग्यमानि सम्झन्छु। सभ्यता र सम्पदा मेरो बाँच्ने आधार हो, भविश्य हो, मेरो हरेक खुसी र दुखमा साथ दिने दुई पखेटा हुन् ।

हरेक पल, हरेक क्षण, तिम्रो पाइलाले सफलता पाओस्
सप्तरङी रंग झै तिम्रो जिबनमा उमङ्ग छाओस्,
दुख तिम्रो छेउ आउनु अगाबै, सामना गरोस् ।
हरपल तिमी बिहानीको सुर्यको पहिलो किरण झै चम्कि रहनु।
तिम्रो जन्मदिनको अबसरमा मेरो माया र आशिष सधैं तिमीलाई
आउने हरेक ऋतु , बसन्तले तिम्रो जीवन उज्यालो पारिरहोस्।
मुटुमा अटुट माया र आशिष तिम्रो शिरमा रहिरहोस् ।
सधैं सधैं तिम्रो पाइला प्रगतिको शिखरमा लम्किरहोस् ।
यतिनै छ मेरो भाबना, जन्मदिनको लाखौं लाख मेरो छोरीलाई शुभकामना, शुभकामना फेरी शुभकामना
तिम्रो वुवा र आमाको तर्फवाट।
प्रेम जोशी “सागर”
शैल्यशिखर न.पा.८ झरकडा दार्चुला
हाल धनगढी कैलाली।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्