बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेट

File Photo

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा नेताहरूबीच महत्वपूर्ण छलफल भएको हो।

आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारूढ गठबन्धनको बैठक अघि उनीहरूबीच भेट भएको हो। छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी थिए। रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्