आज एकै दिन सुन प्रतितोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। आइतबारदेखि घटेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ।आइतबार प्रतितोला छ सय रुपैयाँ, सोमबार प्रतितोला दुई सय रुपैयाँ र आज प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्