मिटरब्याज पिडितलाई भेटेर रवि लामिछानेले भने- ‘म तपाइहरुकाे साथमा छु’

काठमाडौं – न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् । उनीहरु सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरुलाई भेट्न टंगाल पुगेका छन् । उनले आफू पीडितहरुको साथमा रहेको बताए । सरकारले पीडितहरुको माग तुरुन्त समाधान गरेर समस्याको समाधान गर्नुपर्ने लामिछानेले बताए । ‘समर्थन र विरोध भन्दा पनि समाधानको पहल गर्न आएको हुँ,’ उनले भने । आफू गृहमन्त्री हुँदा मिटरब्याज पीडितहरुको समाधान गर्न पहल गरेको भन्दै अहिले पनि त्यो पहल जारी राख्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्