मन्त्रालय भागबन्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं – सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेका थिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । बैठकबाटै नयाँ मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी नेताहरूको छ । बैठकमा दलहरूबीच मन्त्रालयको भागबन्डा मिले प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसके पनि सत्तागठबन्धन आबद्ध दलहरु बीच भागबन्डामा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्री भागबन्डाको मोटामोटी प्रस्ताव पेस गरे पनि त्यसमा सदै साझेदार दलहरूबीच सहमति भइसकेको छैन । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्